Main Menu
Home
About Us
Project
Activities
Photo Gallery
Contact Us
RRU, 0 kB cover.jpg, 0 kB
Who's Online
Hong Kong Integrated Nepalese Society

हङ्गकङ्ग  एकिकृत नेपाली समाज सन् २००४ मा हङ्गकङ्ग सामाजीक संस्था ऐन अर्न्तर्गत पञ्जिकृत भएको एक गैर नाफामुलक सामाजीक संस्था हो । यो संस्था नेपाली समुदायलाई हङ्गकङ्गको मुल समुदायसंग घुलमिल गराउने उद्धेश्यले खोलिएको हो । हामी हङ्गकङ्गका नेपाली समुदायले भोग्नु पर्ने दैनिक समस्याहरुसंग सामना गर्न सक्रिय रुपमा संलग्न छौं ।

 

 

The Hong Kong Integrated Nepalese Society (HINS) is a non-profit making Organisation which was registered in 2004 under the Society Ordinance of Hong Kong. Since inception, HINS has actively assisted the Nepalese community in solving their daily problems and various activities have been organized to facilitate integration into the mainstream society. In 2009, HINS was certified as a charitable organization under Section 88 of the Inland Revenue Ordinance.

 


 
Community Support Team - Nepalese Tean

With the sponsorship from Home Affairs Department, HINs has been operating the first Nepalese Community Service Centre since 2006. Our office is located in Yau Ma Tei from where we have been providing different services to the ethnic Nepalese minority community in Hong Kong. Our main services include, providing information about the services of different government departments, escorting and assisting the elderly, disables and single parents to approach relevant service centres or government departments. We also conduct trainings and workshops to educate and increase awareness among the Nepalese ethnic minority community in Hong Kong.

 

परीयोजनाको उद्धेश्यहरु :

यो परियोजनाले सेवा केन्द्रको माध्यमबाट अल्पसंख्यक नेपाली समुदाय र हङ्गकङ्ग  सरकारबिच सम्बन्ध स्थापना गरी त्यसलाई दरीलो बनाउने उद्धेश्य राख्दछ । यो परियोजनाले हङकङ सरकारले अल्पसंख्यक नेपाली समुदायलाई उपलब्ध गराउने आधारभुत सेवा तथा नीति प्रतिको समुदायका सदस्यहरुको ज्ञान तथा बुझाईलाई अभिवृद्धि गर्ने पनि अर्को उद्धेश्य राखेको छ ।

सामुदायिक सेवाहरु :
हामी निम्न अनुसारका विषयहरुका बारेमा जानकारी तथा शिफारिस उपलब्ध गराउनेछौं ः

* अध्यागमन (इम्रि्रेशन) संग सम्बन्धि;
* अस्पताल सेवा सम्बन्धि;
* सामुदायिक आवास सेवा सम्बन्धि;
* श्रमसंग सम्बन्धि;
* पारिवारिक झै-झगडाका समाधान सम्बन्धि;
* अनिवार्य संचय कोष (एम.पि.एफ.) सम्बन्धि तथा
* शिक्षा तथा शीप विकास/तालिम सम्बन्धि जानकारीहरु ।

सेवा केन्द्रले समुदायका सदस्यहरुलाई आवश्यक परेमा आपतकालीन दोभाषे सेवा पनि उपलब्ध गराउनेछ ।

बृद्ध तथा असक्त अपांगहरुलाई सेवा तथा सहयोग :
नेपाली समुदायका असक्त अपांग तथा वृद्दहरुको लागि आवश्यक हर प्रकारको सेवा तथा सहयोग उपलब्ध गराइनेछ ।

सेवा क्षेत्र :
यो सेवा हङ्गकङ्गभरीका सबै नेपालीहरुका लागि उपलब्ध हुनेछ ।

सेवा केन्द्र एक जानकारी केन्द्रको रुपमा ः
यो सेवा केन्द्रलाई सम्पर्ुण्ा अल्पसंख्यक नेपालीहरुको लागी एक जानकारीमुलक केन्द्रको रुपमा विकास गरिनेछ । सेवा केन्द्रले समुदायका सदस्यहरुलाई व्यक्तिगत रुपमै सेवा केन्द्रसंग प्रत्यक्ष र्सर्म्पक गरी आफुलाई आवश्यक पर्ने अरु जानकारीहरु लिन प्रोत्साहित गरिन्छ ।

सामुदायिक विकास सम्बन्धित गतिविधिहरु :
आत्मनिर्भर बनाउने सम्बन्धी तालिम;
चाइनिज भाषामा वकतृत्वकला;
नेपाली विद्यार्थीहरुका लागि एकिकृत कार्यक्रम;
संस्कृतिक मेला ।

सेवा केन्द्रको ठेगाना :
1/F, 396 Shanghai Street

Yau Ma Tei, Kowloon
टेलिफोन 3427-9671, फ्याक्स 3427-9672

खुल्ने समय :
सोमबार - शुक्रबार  : विहान १० - बेलुकी ८ बजेसम्म
शनीबार : १२ बजेदेखि - सांझ ५ बजेसम्म ।
आइतबार तथा र्सार्वजनिक विदाका दिनहरुमा : दिउंसो २ बजेदेखि सांझ ६ बजेसम्म ।

 
HINS & NCST Organize Racial Harmony Cultural Show

जातीय सदभाव साँस्कृतिक कार्यक्रम सम्पन्न 


 

२३ नोभेम्वर २००९ हङकङ। हिजो साँझ, याउमातेइस्थित कम्युनिटी हलमा जातीय सदभाव साँस्कृतिक कार्यक्रमको आयोजना भयो। हँगकँगमा रहेका विभिन्न जातिहरु बीच जातीय समझदारी मेलमिलाप र सदभाव बढाउने सरकारी उद्धेश्य अनुरुप विगत केही वर्ष यता हङकङ एकीकृत नेपाली समाजको आयोजना र संवैधानिक तथा मुख्यभूमि मामिला विभागको प्रायोजनमा वार्षिक रुपमा यस्तो जातीय सदभाव साँस्कृतिक कार्यक्रम हुँदै आईरहेकोमा यो चौथो कार्यक्रम हो।

Read more...
 
Nepalese Women Celebrated the Teej Festival

Nepalese women celebrated the 'Teej' festival. The programme was organised by HINS. Read more at HongKongNepali.com

 
Nepalese Women's Festival 'Teej' Celebrated

Nepalese Women's Festival 'Teej' was celebrated on Sunday, 16 September 2007 in Yuen Long Town Hall. The event was organised by HK Integrated Nepalese Society and co-organizers were Yuen Long Town Hall and Chomolongma Multicultural Centre. The programme was a grand success and attended by hundreds of Nepalese women in Hong Kong. A short video of the program :


 

Copyright Hong Kong Integrated Nepalese Society